इरानले अफगानी तालिबान लडाकूसँग वार्ता गर्ने

तेहरान / इरानले अफगानी तालिबान लडाकूहरुसँग वार्ता गर्ने भएको छ । वार्ताका लागि प्रक्रिया शुरु भइसकेको इरानका एक उच्च सुरक्षा अधिकारीले बताउनुभएको तास्निम समाचार समितिले बुधबार जनाएको छ । अफगान तालिबानसँगको वार्तालाई अगाडि बढाउने अफगान सरकारलाई सूचना गरिएको इरान सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले बताउनुभयो ।

वार्ताको तिथिमितिलगायत विस्तृत विवरण भने अहिलेसम्म घोषणा गरिसकिएको छैन । तालिबान लडाकू समूहसँग हुन गइरहेको वार्ताको विषयमा शामखानीले अफगान उच्चस्तरीय अधिकारीहरुसँग वार्ता गर्नुभएको थियो । काबुलको भ्रमणको क्रममा बुधबार उहाँ वार्ता गर्नुभएको तास्निम र विभिन्न समाचार समितिहरुले जनाएका छन् । इस्लामिक गणतन्त्र यस देशले अफगानिस्तानको क्षेत्रीय, स्थायित्व सुरक्षा मुद्दाहरुलाई सधँै सहयोग गर्दै आएको पनि शामखानीले बताउनुभएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।