मरेको संसद ब्युतिदैन,सर्वोच्चमा जवाफ दिईसँकेःओली

१९ पुष,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मरेको संसद ब्युतिने संभावना नरहेको बताएका छन् । नेकपा ओली समूहको काठमाडौंमा आयोजित विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाको जवाफ आफूले यसरी नै दिएको बताएका हुन् ।संसद पुनस्थापना हुँदैन अब निर्वाचनको तयारीमा लाग्न पनि उनले कार्यकर्ताहरुलाई निर्देशन दिए । बबरमहलमा आज ओली समुहको विद्यार्थीको भेलामा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।