१९ पुष,काठमाण्डौ ।
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले ठूलो कोठामा सुत्ने झगडामा कुपुत्र-कुपुत्रीले घरमै आगो लगाएको टिप्पणी गर्नु गरेका छन् । उनले ट्विट मार्फत् सो टिप्पणी गरेका हुन् । सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रको घर बनाएको भएपनि नेकपाको घर झगडाले आगो लगाएको उनले लेखेका छन् ।
ट्विट गर्दै भट्टराईले सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना हुँदाहुँदै आगो निभाउनु सट्टा प्रम ओली खरानीको लागि दौडिरहेको टिप्पणी गरेका छन् । नेकपामा विवाद बढेपछि गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेक थिए ।







