सिड्नीमा कोरोना संक्रमित बढेसंगै सरकारको कडा कदम,प्रतिबन्ध तोडे भिषा समेत रद्द हुने

३१ डिसेम्बर,सिड्नी
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य अन्तर्गत सिड्नी आसपासमा पछिल्ला केहि दिन देखि कोरोना संक्रमित संख्यामा बृद्दि हुन थालेको छ । क्रिसमसको पुर्ब सन्ध्या देखी नै बढ्न थालेको कोरोना संक्रमण दैनिक रुपमा तलमाथि भैईरहे पनि राज्य सरकारले नियन्त्रण गर्नका लागि कडा कदम चालेको छ । बुधबार २४ घण्टामा सिड्नी आसपासमा १८ जनामा कोरोनाभाईरसको संक्रमण भेटेपछि राज्य सरकारले कोरोनाको प्रतिन्धमा थप कडाई गरेको हो । नयाँ प्रतिबन्ध अनुसार ग्रेटर सिड्नी लगायतका स्थानहरुमा समेत घरमा ५ जनाको भेटघाट र बाहिर धेरैमा ३० जना सम्म मात्र भेला हुन पाईने प्रतिबन्ध घोषणा गरेको छ ।नयाँ वर्षको पूर्व सन्ध्यामा कोरोना संक्रमण बढिरहेको भन्दै कोरोना सङ्क्रमणको प्रतिबन्ध तोडेमा अस्थायी भिषा बाहकरको भिषा रद्द गरी कार्बाही गराई मुलुक फिर्ता समेत गर्न सक्ने अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले बताएका छन् ।

मन्त्री हकले क्रिसमसका बेला अस्थायी भिषा बाहकहरुले कोरोनाको प्रतिबन्ध तोडेर सामुन्द्रिक किनारमा खुलेयाम पार्टी गरेको र धेरैको सहभागी भएको घटनालाई ईंगित गर्दै सो कुरा बताएका हुन् । ‘अध्यागमन ऐन अन्तर्गत सरकारले कुनै पनि बेला अष्ट्रेलियामा रहेका विदेशी नागरिकको भिसा रद्द गर्ने अधिकार राख्छ, हकले एक टेलिभिजन अन्तर्बातामा भने ।

नर्दन बीचेज क्षेत्रबाट डिसेम्बरको दोस्रो साता देखी बढन् थालेको कोरोना संक्रण अहिले न्यु साउथ वेल्सका बिभिन्न स्थानहरुमा पुगिसकेको छ । अहिले नर्थन बिचेज क्षेत्रका बासिन्दाहरुलाई जनवरी ९ तारिखसम्म घर भित्रै बस्न कडा आदेश दिइएको छ । तर नयाँ वर्षमा भने आफ्नो घरमा बालबच्चासहित पाँच जनासम्म भेला गर्न पाउने छुट पाएका छन् । भेला हुने सबै जना एकै क्षेत्रका बासिन्दा हुनुपर्छ ।Photo / Video Source: 7News Sydney

भिडियो हेर्नुहोसः

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।