काठमाण्डौ ।
नायिका बर्षा शिबाकोटीले आफ्नो र मनोज गजुरेलको बिहे हुन लागेको भनेर केही अनलाईमा प्रकाशित समाचार देखेर दया लागेको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा प्रतिकृया दिदै शिबाकोटीले भिजिटर बढाउने नाममा यथार्थ भन्दा बाहिर गएर गरिएको प्रचारले पत्रकारीता क्षेत्र नै बदनाम भएको पनि बताएकी छन् ।
कलाकार भन्दैमा जे पनि लेख्ने मानसिक बिक्षिप्तता बेलैमा हटाएको राम्रो बर्षाले भनेकी छन् ।मनोज गजुरेलले दोस्रो बिबाह गर्ने हल्ला चले पनि कोसगँ बिबाह गर्ने भन्ने खुलासा भईसकेको छैन ।







