अमेरीकी निर्वाचनको मत परिणाम आउन शुरुः ट्रम्पलाई पछि पार्दै बिदेन

१९ कार्तिक ।
अमेरीकी राष्ट्रपतिय निर्वाचनको मत परिणाम आउन शुरु भएको छ । प्रारम्भिक मत गणनामा डेमोक्रयाट्स उम्मेद्धार जोई बिदेनले राष्ट्रपति ट्रम्पलाई पछि पारेका छन् । करीब २१ वटा राज्यको नतिजा आईसकेको बताईएको छ । यसमा कतिपय राज्यमा बिदेनले जीतेका छन् भने कतिपयमा ट्रम्पले जीतेका छन् । समग्रमा कुल २७० ईलेक्टोरल भोट निर्वाचित हुन आवस्यक पर्छ । अमेरीकामा कुल ५८३ ईलेक्टोरल भोट रहेको छ । ५० राज्य मध्य फ्लोरिडा सहित ६ वटा राज्यको मतलाई निर्णायक मान्ने गरिएको छ । फ्लोरीडामा ट्रम्पको केही अग्रता रहेको छ । यो समचार तयार पार्दा सम्म बिदेनले २२४ ईलेक्टोरल भोट प्राप्त गरेका छन् भने ट्रम्पले २१३ ईलेक्टोरल भोट जीतेका छन् । यसैबीच अमेरीकामा निर्वाचन परिणाम लगत्तै हिंशा भड्किन सक्ने आशंका बढेको छ । अमेरीकाको न्यूयोर्क स्थित ट्रम्प टावर आसपास संभावित प्रदर्शन रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अमेरीकी निर्वाचनलाई दुनियाभरबाट ठूलो चासोका साथ हेरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।