१२ कार्तिक,एजेन्सी ।
कतार एयरवेजकाे १० वटा फ्लाइटबाट दाेहा पुगेका महिला यात्रीलाई निर्वस्त्र बनाएर चेक गरिएकाे खुलासा भएकाे छ । याे घटना २ अक्टाेबरकाे हाे । त्यसमा १३ जना महिला अष्ट्रेलियाका रहेका थिए ।अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारीसनले उक्त घटना भयावह र असहनीय हर्कत भएकाे बताएका छन् । उता, कतार सरकारले भने घटनालाइ लिएर माफि मागेकाे छ ।
२ अक्टाेबरमा दोहा एयरपोर्टकाे एउटा डस्टबिनमा नवजात बच्चा भेटिएकाे थियाे । सुरक्षा अधिकारिले उक्त बच्चा कोहि यात्रीको हुन सक्ने आशंका गरेका थिए ।
त्यसैले एयरपोर्टमा आउने सबै महिलालाई निर्वस्त्र बनाएर चेकजाच गरिएको थियो । यसरी निर्वस्त्र बनाएर चेकजाच लिनुले कसैले बच्चा जन्माएर फालेकाे आशंका थियाे । उक्त घटनामा अष्ट्रेलिया बाहेक कुन कुन देशका महिला यात्री थिए र कस कसकाे त्यसरी जाँच गरियाे भनेर खुलिसकेकाे छैन । अर्काेतर्फ त्याे डस्बिनमा भेटिएकाे बच्चा कस्काे थियाे भन्ने पत्ता लागे नलागेकेा पनि खुलाइएकाे छैन ।
दोहा देखि सिडनी जाने एक फ्लाइटका महिलाकाे साथ याे घटना भएपछि अहिले चाैतर्फ बिराेध सुरू भएकाे छ । कुल १० फ्लाइटमा जाने महिला यात्रीमाथि चेकचाज गरिएको घटना सार्वजनिक भए लगत्तै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिसनले घटनाकाे बिराेध गर्दै भनेका छन्,याे अकल्पनीय, भयावह र असह्य हर्कत हाे । म पनि एक छाेरीकाे पिता हुँ । अष्ट्रेलिया हाेस् या अन्य कुनै मुलककी महिलाहरुको यसरी चेकचाज लिनु हदैसम्मकाे पिडादायी घटना हाे ।
त्यसरी जाँच कुन कुन एयरपाेर्टमा भएकाे थियाे, कति महिलामाथि त्यस्ताे चेकजाच लिइयाे भन्नेबारे जानकारी कतारी सरकारले दिएकाे छैन । न्यूज एजेंसी एएफपीका अनुसार पिडित महिलामध्ये एक फ्रांसकी महिला पनि रहेकी थिइन् ।कतार इस्लामिक देश भएकाेले चाइल्डबर्थ र यससँग जाेडिएका बिषयमा बनेका कानुन एकदम कडा छन् ।
घटना सार्वजनीक भएपछि कतारी सरकारले घटनाकाे बचाउ गदै भनेकाे छ, हामी यात्रिकाे सुरक्षालाइ लिएर सतर्क छाै । हामी केवल याे पता लगाउने काेशिस गरिरहेका थियाै कि बच्चालाइ जन्म दिएर कुन महिलाले फ्याकेकाे थियाे ? ती महिलालाइ राेक्न चाहन्थ्याै । त्यस क्रममा केहिलाइ दुःख भयाे त्यसकाे लागि माफि चाहन्छाै । कसैकाे स्वतन्त्रता छिन्ने हाम्राे उदेश्य हाेइन । सरकारले उक्त घटनाकाे अनुसन्धान गर्न पनि आदेश दिएकाे र उक्त बच्चीकाे स्वास्थ्य अवस्था अहिले ठिक रहेकेा छ ।,एजेन्सीले लेखेको छ ।Photo Qatar Airport :The Times







