अमेरिकामा ७.३ रेक्टरको भूकम्प

एजेन्सी ।
अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको छ । कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन संघर्षरत अमेरिकामा अब सुनामीको खतरा पनि देखिएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको हो । केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम छ । भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन् । भूकम्प नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको छ । Photo:Homernews

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।