लद्दाखमा भारतीय सेनाद्वारा एक चिनियाँ सेनाको अपहरण

एजेन्सी ।
लद्दाखको देमचोक सेक्टरमा भारतीय सेनाले एक चिनियाँ जनमुक्ति सेना नियन्त्रणमा लिएको छ। सोमबार भारतीय सेनाले चिनियाँ सेना नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
भारत र चीनबीच सीमा विवाद जारी रहेको समयमा भारतीय सेनाले चीनका एक सेनालाई आफ्नो भूमिमा नियन्त्रणमा लिएको हो। भारतीय सेनाका अनुसार ती सेना अन्जानमा भारतीय भूमिमा प्रवेश गरेको हुनसक्छन्। सेनाको नियमअनुसार उनलाई चीनको जिम्मा लगाइने उल्लेख गरिएको छ। गत जुन १५ यता भारत चीनको सीमा अवस्था तनावपूर्ण तवरबाट गुज्रिरहेको छ। लद्दाख नजिकैको गलवान उपत्यकाको स्वामित्वको विषयमा भारत र चीनका सेनाबीच झडप नै भएको थियो।

उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। चिनियाँ पक्षले आफ्नो सेनामा भएको हताहतीबारे कुनै जानकारी दिएको थिएन। अलिहेपनि त्यस क्षेत्रमा तनाव साम्य बनाउने छलफल चलिरहेको छ। यद्यपी निष्कर्ष भने निस्किएको छैन।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।