चीनप्रति ट्रम्प रुष्ट,चिनियाँभाईरस भन्दै दिए कडा अभिब्यक्ती

एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाको उपचार गरेर अस्पतालबाट फर्किएपछि चीनमाथि रुष्ट बनेका छन् । उनले ह्वाइट हाउसका कर्मचारीहरुसँग भने, ‘अमेरिकी वैज्ञानिक र औषधिको शक्तिबाट हामी चीनको भाइरसलाई सधैँका लागि नष्ट गरिदिनेछौँ ।’ट्रम्प कोरोना भाइरसको संक्रमण भएपछि अस्पतालमा भर्ना भई ३ दिनपछि अस्पतालबाट ह्वाइट हाउस गएका थिए । अस्पतालबाट फर्किए पछि उनी पहिलो पटक आम नागरिकसामु देखिएका थिए । उनले ह्वाइट हाउसको बालकुनीमा बसेर सयौँ संख्यामा जम्मा भएका शुभचिन्तकलाई धन्यवाद दिएका थिए । (Photo:President Donald Trump removes his mask as he stands on the Truman Balcony upon returning to the White House Monday, Oct. 5, 2020, after testing positive for COVID-19 and spending four days at the the Walter Reed Medical Center in Bethesda, Md. (Anna Moneymaker/The New York Times) 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।