अस्पताल बाहिर निस्केर समर्थकलाई अभिबादन गर्दा ट्रम्प बिबादमा

एजेन्सी,काठमाण्डौ ।
कोरोनाभाइरसले सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक विवादित बनेका छन् । कोरोना पछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत ट्रम्प गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेपछि बिबादित बनेका हुन् । सङ्क्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिरसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गर्नुभएको बीबीसीको खबरमा उल्लेख छ । गाडीमा रहेका ट्रम्पले मास्क लगाएका थिए । गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नहुने भन्दै आलोचना भएको हो । ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ । Photo:The Australian

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।