नेपालमा थप १ हजार ५ सय १३ जनामा कोरोना पुष्टी,कुल संक्रमित संख्या ७६ हजार नाघ्यो

१३ आश्विन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । १० हजार ८९१ जनामा गरिएको परीक्षणमा १५ सय १३ जना संक्रमित फेला परेका हुन् ।
यो सगैँ कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । यसमध्ये २० हजार ३९६ सक्रिय संक्रमितको संख्या रहेको छ । कोरोना मुक्त भएर आज ७३१ जना मात्र डिस्चार्ज भएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।