१३ आश्विन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । १० हजार ८९१ जनामा गरिएको परीक्षणमा १५ सय १३ जना संक्रमित फेला परेका हुन् ।
यो सगैँ कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । यसमध्ये २० हजार ३९६ सक्रिय संक्रमितको संख्या रहेको छ । कोरोना मुक्त भएर आज ७३१ जना मात्र डिस्चार्ज भएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।






