चीन बिरुद्ध कडा कदम चाल्न भारतीय सेना तयार छःराजनाथ सिंह

१ आश्विन,एजेन्सी ।
भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा सेनाले सम्पूर्ण तयारी पूरा गरेको र चीन बिरुद्ध अझ कडा कदम चाल्न सक्ने चेतावनी दिएका छन् । चीनले भारतले उक्साहटपूर्ण गतिविधि तत्काल बन्द गर्न दिएको चेतावनीको भोलिपल्टै भारतीय रक्षामन्त्री सिंहले राज्यसभामा बोल्दै नियन्त्रण रेखामा जुनसुकै जवाफी कार्बाहीका लागि भारतीय सेना तयार रहेको बताए ।चीनले औपचारीक सीमा नमानेको भन्दै उनले गलवानमा चीनलाई ठूलो क्षति पुर्याएको समेत दाबी गरे । जुन १५ मा गलवानमा भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । उनले शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्ने भारतले चाहे पनि चीनले सम्झौता उलंघन गर्दै आएको बताए ।

दुबै देशबीच सीमामा बढ्दो तनाबका बीच भारतीय रक्षा मन्त्रीको यो टिप्पणी आएको हो । सीमा क्षेत्रमा १९६२ पछि पहिलो पटक युद्धको व्यापाक तयारी दुबै देशले गरीरहेका छन् । ठूलो संख्यामा सेना, लडाकु विमान, क्षेप्यास्त्र, टैंक तैनाथ तीव्र भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।