दर्शकरहित हुने आइपिएल:अबको चार दिनपछि युएईमा सुरु हुँदै 

३० भदौ, काठमाडौँ । विश्वकै चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर आइपिएल १९ सेप्टेम्बरमा युएईमा सुरु हुँदै छ । १० नोभेम्बरसम्म चल्ने १३औँ संस्करणको आइपिएलमा सहभागी आठै टोलीका खेलाडी युएई पुगिसकेका छन् ।

इंग्ल्यान्ड र अस्ट्रेलियाबीच सिरिज चलिरहेका कारण यी दुवैै राष्ट्रका खेलाडी भने पछि मात्र युएई पुग्नेछन् । यसपटकको खेल–तालिकाअनुसार साबिक बिजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीच उद्घाटन खेल हुनेछ ।

इतिहासमा नै याे दोस्रोपटक दुबईमा आइपिएल लिग हुन लागेको हो । भारतबाहेक यस्स आइपिएल दक्षिण अफ्रिकामा पनि भइसकेको छ । भारतमा कोरोना भाइरस तीव्र रूपमा फैलिरहेकाले आयोजक भारतीय क्रिकेट बोर्ड ९बिसिसिआई०ले यसपटकको संस्करण दुबईमा गर्ने निर्णय गरेको हो । यद्यपि आइपिएल आयोजना गर्न श्रीलंकाले पनि इच्छा देखाएको थियो । तर, दुबईमा प्रतियोगिता गर्दा सुरक्षित हुने जनाउँदै बिसिसिआईले आइपिएल युएईमा गर्ने निर्णय गरेको हो । युएई, सारजहाँ र अबुधाबी सहरमा आइपिएल हुनेछन् 

यसपटक ड्रिम ११ कम्पनी आइपिएलको नयाँ मुख्य प्रायोजक हो । भिभो मुख्य आयोजकबाट हटेपछि बिसिसिआईले मुख्य स्पोन्सर्सका रूपमा ड्रिम ११ लाई छनोट गरेको हो । आइपिएलमा मुख्य प्रयोजक बन्न ड्रिम ११ र बिसिसिआईबीच दुई अर्ब २२ करोड भारुमा सम्झौता भएको छ । यसअघि भिभो पाँच वर्षसम्म मुख्य प्रायोजकको रूपमा रहेको थियो ।

आइपिएलको तयारी निमित्त सहभागी आठै टोलीका खेलाडीले अभ्यास थालनी गरेका छन् । खेलाडीलाई कोरोना भाइरसबाट सुरक्षित राख्न नियम तोकेको छ । दुबई पुगेका हरेक खेलाडी अनिवार्य आइसोलेसनमा बस्नुपर्नेछ । एक सातापछि उनीहरूको कोरोना परीक्षण हुनेछ । रिपोर्ट नगेटिभ आए मात्रै प्रतिस्पर्धामा उत्रनेछन् । पोजेटिभ आए पुनः आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

दर्शकरहित हुने आइपिएलमा चियर्स गल्र्सको व्यवस्था स्क्रिनमा हुनेछ । उनीहरूले प्रत्येक चौका, छक्का प्रहार र ओभर समाप्तिपछि खेलाडीलाई मनोरञ्जन प्रदान गर्नेछन् । भिडियो स्क्रिनमा यस्तो मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ । योपटक आइपिएलमा तीन सय ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । १३औँ आइपिएलकै महँगा खेलाडी अस्ट्रेलियाका प्याट क्युमिन्स हुन् । कोलकता नाइट राइडर्सले उनलाई १५ करोड ५० लाख भारुमा किनेको हो ।Photo file:google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।