१६ भाद्र,काठमाण्डौ ।
चार महिनादेखि बेपत्ता नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ । मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए ।
मोरिसको शव आफ्नो घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको डेलीमेलले जनाएको छ । मोरिस सन् २०१५ देखि १९ सम्म नेपालको राजदूत भएर काम गरेका थिए । Image:NTV







