भारतीय सेना र चिनियाँ सैनिक बिच झडप

एजेन्सी ।
भारत सरकारले पूर्वी लद्दाखमा चिनियाँ सैनिकले सीमाका विषयमा भएको दुई देशबीचको सहमति उल्लंघन गरेको बताएको छ । भारत सरकारले सोमबार एक बयान जारी गर्दै चिनियाँ सैनिकहरुले उक्साउ कदम उठाउँदै सीमामा यथास्थिति बदल्न गरेको प्रयासलाई भारतीय सैनिकले रोकेको जनाएको छ । भारतीय सेनाको बयान ‘पीआईबी’ का तर्फबाट जारी गरिएको छ । बयानमा भनिएको छ, “भारतीय सैनिकहरुले पंन्गोङ त्सो तालमा चिनियाँ सैनिकहरुको उक्साउ कदमलाई रोकेको छ । भारतीय सेना संवादका माध्यमबाट शान्ति बहालीको पक्षधर हो । तर, यसका साथसाथै आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिबद्ध छ । पूरै विवाद समाधानका लागि ब्रिगेड कमान्डर स्तरमा बैठक जारी छ ।”

भारतीय सेनाका अनुसार यो झडप २९-३० अगस्तको रातमा भएको हो । भारतीय सेनाले चिनियाँ पिपल्स लिबरेसन आर्मी (पीएलए) ले सीमामा यथास्थिति बदल्ने कोसिस गरेको तर सतर्क भारतीय सैनिकहरुले त्यसलाई रोकेको जनाएको छ ।यस विषयमा चीनका तर्फबाट कुनै बयान जारी भएको छैन । भारत-चीनबीच ३५ सय किलोमिटर लामो सीमा छ ।

दुवै देश सीमाको वर्तमान स्थितिमा सहमत छैनन् । सीमाकै विषयलाई लिएर चीन र भारतबीच १९६२ मा युद्ध पनि भएको थियो ।यसअघि लद्दाखको गलवान घाटीमा गत जुन १५ मा दुवै देशका सेनाबीच हिंस्रक झडप झडप भएको थियो । झडपका क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो । -बीबीसी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।