सज्जा चौलागाईं बनिन् नेपाल आइडल सिजन ३ को विजेता

१२ भाद्र,काठमाण्डौ ।
सांगितिक रियालिटि शो नेपाल आइडल सिजन ३ को शिर्ष विजेता मोरङ पथरीकी सज्जा चौलागाई बनेकी छिन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा प्रविण बेडुवाल फर्ष्ट रनरअप र किरण भुजेलले सेकेण्ड रनरअपको उपाधि जितेका छन् । एपी वान टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडलमा दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन् । उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् । आइडलको फिनालेमा कोरोनाका कारण निर्णायक टोली र दर्शकहरु सहभागी थिएनन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।