अमेरीकामा फेरी चर्कियो प्रदर्शन, हिंशामा थप दुईको मृत्यु

एजेन्सी ।
अमेरीकामा गोरा प्रहरी अधिकारीले एक काला नागरिक ज्याकोव माथि उनको छोराछोरीकै अगाडी गोली हानेर मरणाशन्न अवस्थामा पुर्याएको बिरोधमा अमेरीकामा फेरी प्रदर्शन चर्किएको छ ।
विस्कन्सिन राज्यमा प्रहरीको गोलीले दुई जनाको मृत्यु भएको छ । प्रहरीले तीन जनालाई गोली लागेको बताएको छ । प्रहरीको गोली लागी ज्याकोब ब्लेक गम्भीर घाइते भएको विरोधमा विस्कन्सिनको केनोसामा प्रदर्शन गरिएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक कारमा आड लागेका २९ वर्षीय ब्लेकलाई ७ पटक गोली प्रहार गरिएको भिडियो भाईरल भएको थियो । गोली प्रहारका कारण उनमा पक्षघात भएको जनाइएको छ । उनकी आमा जुलिया ज्याक्सनले आफ्नो छोराले मृत्युसँग लडिरहेको जनाएकी छन् ।

त्यसयता कफ्र्युको उल्लंघन गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन् ।प्रदर्शनमा हिंशात्मक झडप भईरहदा स्थानीय समेत केनेसामा बन्दुकै बोकेर सडकमा निस्किएको बताईएको छ । आन्दोलनकारीले सरकारी भवन, गाडीहरुमा आगजानी गरेका छन् ।

विस्कन्सिनका गभर्नर टोनी एभर्सले सहरमा जारी प्रदर्शन रोक्न थप फौज परिचालन गरिएको जनाएका छन् । विस्कििन्सनमा संकट घोषणा गरिएको छ ।मिनियापोलिसमा प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोयडलाई घाँटीमा घुँडाले सास फेर्न सकिन भन्दा भन्दै पनि थिचेर मारिए पछि अमेरीकामा उग्र आन्दोलन चर्किए पछि पनि प्रहरीले काला व्यक्तिमाथि फेरी गोली चलाए पछि प्रदर्शन पुनः भड्किएको हो । Photo:Chris Juhn

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।