एजेन्सी ।
भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’ मा रहनुभएको छ । उहाँको उपचार भारतीय सैनिक अस्पतालमा भइरहेको अस्पतालले जनाएको छ । नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो । सो अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा राखिएको जनाएको छ ।
उहाँलाई केही समय यही उपचार प्रविधिमा राखिने पनि सो अस्पतालले जानकारी दिएको जनाइएको छ । सो अस्पतालमा गत अगष्ट १० मा उहाँको मष्तिष्कको शल्यक्रिया गरिएको जनाइएको थियो । पछि उहाँलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाइएको छ । Photo:Times of India / Google







