कोरोनाविरुद्ध रुसको दोश्रो खोप नोभेम्बरमा उत्पादन हुने

एजेन्सी ।
रुसले कोरोना महामारि विरुद्ध छिट्टै दोश्रो खोप ल्याउने भएको छ। आफुले बनाएको पहिले खोपले मानिसहरुमा ‘साइड इफेक्ट’ रहने बताइरहेका बेला यो खोपले भने त्यस्तो समस्या नआउने रुसले दाबी गरेको छ । रुसको दाश्रो खोपको सबैखाले परिक्षणहरु लगभग सकिएको बताइएको छ । भ्याक्सिनमा प्रयोग गरिएका औषधिहरू रुसको शीर्ष गोप्य प्लान्टबाट निकालिएको बताएको छ । हालै निकालिएको रुसको दोश्रो खोपको नाम इपि भ्याक कोरोना राखिएको छ । यसको परीक्षण सेप्टेम्बरमा पूरा हुनेछ । केही समय अगाडी रुसले विश्वको पहिलो कोविड–१९ खोप ‘स्पुतनिक–वी लन्च गरेको थियो। जुन खाप रूसी रक्षा मन्त्रालय र गामालेया रिसर्च सेन्टर मिलेर तयार पारेका हुन् । साइड इफेक्ट नहुने दाबी गरेको रुसको दोस्रो खोपको पहिलो परीक्षण ५७ जना स्वयंसेवकहरुमा गरिएको छ।

रुसी वैज्ञानिकहरूले दाबी गरेअनुसार स्वयंसेवकलाई २३ दिनका लागि अस्पताल भर्ना गरिएको थियो। परिक्षणका बेला उनीहरुको जाँच भइरहेको र हालसम्म हालसम्म गरिएको परीक्षणहरूमा कुनै पनि खालको अन्य असर नदेखिएको रुसी वैज्ञानिकहरूले दाबी गरेका छन् । सोभियत जैविक हतियार अनुसन्धान प्लान्ट र भेक्टर्स रिसर्च सेन्टरले कोरोना भाइरसको १३ वटा खोपहरूमा संयुक्त रुपमा काम गरिसके बताइएको छ। तिनीहरूको परीक्षण जनावरहरूमा गरिएको थियो। साइड इफेक्ट रहित दाबी गरिएको रुसको दाश्रो खोप अक्टोबरसम्म दर्ता भई नोभेम्बरबाट उत्पादन गर्ने तयारीमा रुस लागीपरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।