एजेन्सी ।
अमेरीकामा राष्ट्रपतिका लागि निर्वाचन नजिकिदै जादा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकै जेठी दिदी ८३ बर्षकी मरयाने ट्रम्प बैरीले आफ्नो भाईको कुनै सिद्धान्त नभएको र सधै झुट बोलेको गंभीर आरोप लगाएकी छन् । गोप्य तरीकाले रेकर्ड गरेको अडियोमा बैरीले ट्रम्पले आप्रवासी नीतिको पनि कडा बिरोध गर्दै यो निर्दयी रहेको टिप्पणी गरेकी छन् ।
यो धारणाले ट्रम्पलाई चुनावमा केही धक्का लाग्ने अनुमान शुरु भएको छ । यो अडियो टेपलाई वासिंग्टन पोष्टले जारी गरेको छ । आफ्नो भाईको मृत्यु भए पछि ह्वाईट हाउसमा अन्तिम संस्कार गर्दै गर्दा उक्त टेप आएको थियो । ट्रम्पको पारीवारीक सदस्यबाटै उनीमाथि यति ठूलो आलोचना भएको पहिलो पटक हो ।







