आरोप-प्रत्यारोपमा सुबेदी र शर्मा,वास्तविकता के हो ?

२४ साउन,काठमाण्डौ ।
केही समय सामाजिक सञ्जालमा ट्रोलको विषय बनिन् अभिनेत्री पूजा शर्मा । कारण एक अन्तर्वाताको फुटेज भाइरल हुनु । जसमा उनले देशमा कति वटा प्रदेश छन् ? कति वटा जिल्ला छन् ? तीन जना मन्त्रीको नाम भन्नुस् ? उनी अभिनेत्री हुनु र यी सामान्य प्रश्नहरूको जवाफ दिन नसक्नु आम सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मजाकको विषय बन्यो । जस बारे अभिनेत्री चुप रहिन् । प्रतिवाद गरिनन्, कुनै स्पष्टिकरण दिइनन् । तर, उक्त अन्तर्वाता लिने पत्रकार प्रकाश सुवेदी पुन: एक पटक अभिनेत्री पूजा शर्मालाई व्यङ्ग्य गर्दै प्रस्तुत भए । नेपाली फिल्म सम्बन्धी जानकारी दिइने भनिएको कार्यक्रममा ती पत्रकार व्यक्तिगत अपमान गर्न पछि परेनन् । पूजाको शारीरिक एवं बौद्धिकतामाथि समेत बोले । भने,’आफै नजान्ने अनि हामीले चाहिं लिएको इन्टर्भ्यू काटिदिनु पर्ने ? मिलाइ मिलाइ महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’

उनको त्यस अपमान जनक टिप्पणी टिभीमार्फत् प्रसारण भए पछि भने पूजा शर्मा बोलेकी छिन् । उनले प्रश्न गरेकी छिन् : कति चुप रहने ? कति सहने ? शर्माले आफूलाई सामानुय ज्ञानसँग सम्बन्धित प्रश्न गर्दा उत्तर नआएको स्वीकार्दै भनेकी छन्,’मैले जवाफ दिन सकिँन । कृपया त्यो काटिदिनुस् भनेकी थिएँ । तर त्यो प्रसारण भयो । भाइरल भयो । म ट्रोल बनें । चुप बसें ।‘

उनले आफ्नो कमजोरी भएकै कारण चुप बेसेको जनाएकी छिन् । पछि सोही पत्रकारले नयाँ अन्तर्वाताका लागि बोलाउँदा आफूले अस्वीकार गरेको र ती पत्रकार व्यक्तितग अपमानमा उत्रिएको उनको आरोप छ । लेखेकी छिन्,’म मानसिक तनाव झेलिरहेकी थिएँ । अब फेरी पूरानो गल्ती कसरी गर्न सक्थें ? म त्रसित पनि थिए, त्यसैले मैले सरी दाइ म आउन सक्दिँन भने । तर, त्यसपछि उहाँले आफ्नो कार्यक्रममा मलाई लक्षित गरेर ‘दारा निस्केको महानायिका’ भनेर मानहानी गर्न कुनै कसर छोड्नु भएन ।‘

पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ? उनले प्रश्न गरेकी छिन् । पत्रकारले प्रयोग गरेको अमर्यादित शब्द वा वाक्य सम्पादन नगरिएकोमा पनि उनको आपत्ती छ । प्रकाश सुवेदीले उक्त भिडियोमा आफूले ५ वटा फरक पुस्ताका अभिनेत्रीहरूको अन्तर्वाता लिनुलाई ‘खप्परमा लेखिएको’ बताएका छन् । एक बलिउड अभिनेत्रीको अवस्था व्याख्या गर्दै नेपाली अभिनेत्रीहरूलाई धेरै घमण्ड नगर्न चेतावनी समेत दिएका छन् । हाल उनले बोलेका विषय बारे आलोचना भइरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।