७ अगष्ट,सिड्नी ।
गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले नेपाली दुताबास संगको समन्वयनमा गरेको सेमी चार्टडको तेस्रो उडानमा २ सय ९१ जना नेपाली स्वदेश फर्किएका छन् । बिहिबार राती सिड्नी स्थित किङस् स्मिथ ईन्टरनेश्नल एयरपोर्ट बाट सिंगापुर एयर मार्फत् नेपाली स्वदेश फर्किएका हुन् । नेपाल फर्कनका लागि एसिटी बाट ९ जना,वेस्ट्रन अष्ट्रेलिया बाट ३ जना,साउथ अष्ट्रेलिया बाट १० जना,तास्मानिया
बाट १२ जना,क्विसल्याण्ड बाट २७ जना र भिक्टोरिया बाट ५५ जना बस र आन्तरिक उडान बाट सिड्नी आएका थिए । सिड्नी (एनएसडब्लु)का १८० जना सहित कुल २ सय ९६ जना नेपालीहरु स्वदेस फर्कन टिकट प्राप्त गरे पनि ५ जना यात्रुहरु भने स्वदेश फर्कन चाहेनन् । गैर-आवासीय नेपाली संघले जुलाई १४ मा पहिलो र ३० जुलाईमा दोस्रो पटक सेमी चार्टड उडान गरेको थियो ।
तीन उडानमा करिब ६ सय जना नेपालीहरु स्वदेश फर्केका हुन् । स्वदेश फर्कनका लागि एनआरएनलाई भुक्तान गरी कारणबंस टिकट नपाएकाहरुको यसै साता भुक्तानी फिर्ता गर्ने र तीनै वटा उडान भरेका यात्रुहरुको पनि केहि रकम फिर्ता हुन सक्ने भएकाले सो सम्वन्धमा गृहकार्य सुरु गरेको कोषाध्यक्ष अनिल पोख्रेलले बताए । Photo : Facebook / Anil Pokhrel







