३ अगष्ट,सिड्नी ।
अष्ट्रेलियाको भिक्टोरिया राज्य कोरोनाभाईरसको संक्रमणले आक्रान्त बनेको छ । दिनप्रतिदिन राज्यमा कोरोना संक्रमित संख्यामा बृद्दि भएपछि आईतबार साँझ देखी ६ साता सम्मका लागि आपतकाल घोषणा गरी चौथो तहको लकडाउन सुरु भएको छ । यस्तै ग्रेटर मेल्बर्नमा राती ८ बजे देखी बिहान ५ बजे सम्म कर्फ्यु जारी गरिएको छ ।
भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् । कर्फ्युको समयबधिमा कोहि पनि घर बाहिर निस्कन पाउदैनन् तर काममा जान वा कामबाट फर्किन, हेरचाह गर्न मात्रै यात्रा गर्ने अनुमति हुनेछ ।यस्तै राज्यमा लागु भएको चौथो तहको लकडाउनमा भने ग्रोसरी या अत्याबश्यक सामाग्री सपिङका लागि घरको एक जना मात्र घर बाट अधिकतम ५ किलोमिटर टाढा सम्म जान पाईनेछ । यसैगरी शारिरिक ब्यायामका १ घण्टा मात्र घर बाहिर निस्कन पाइनेछ । यस्तै यहि बुधबार बाट ६ साताका लागि भिक्टोरिया राज्यको ग्रामिण क्षेत्रमा समेत तेस्रो तहको लकडाउन घोषणा गरिएको छ ।






