बलात्कार आरोपमा अमेरिका बाट अष्ट्रेलियन प्रहरीले पक्राउ गरि ल्याएका नेपाली युबाको मुद्दामाथि सर्वोच्चमा सुनुवाई सुरु

१ अगष्ट,सिड्नी ।
सन् २०१७ मा प्रेमीका भेट्न अमेरिका बाट सिड्नी आएका नेपाली युबा बलराम शिवमाथि जबरजस्ती बलत्कारको आरोप मुद्दा परेको थियो । पिडित युबतीले दिएको मुद्दाकै कारण न्यु साउथ वेल्स प्रहरीको सेन्ट जोर्ज कमाण्डका प्रहरीले अमेरिकी प्रहरी संगको समन्वयनमा शिवलाई अमेरिकाको लस एन्जलस् बाट पक्राउ गरी ल्यायो र हिरासतमा राखेको थियो ।बलत्कार आरोपमा हिरासतमा रहेका उनै बलराम शिब माथिको मुद्दामा न्यु साउथ वेल्स राज्यको सिड्नी सिटी स्थित सर्बेच्च अदालतमा सोमबार देखी सुनुवाई सुरु भएको हो । अदालती कारबाही करिव दुई हप्ता सम्म चल्ने सक्ने बताईएको छ । गत बर्ष दक्षिण सिड्नीको सदरल्याण्ड अदालतले शिवको जमानत अस्विकार गरेपछि उनी हिरासतमै थिए ।

अमेरिकामा बस्दै आएका बलराम शिव पर्यटक भिसामा २०१७ मा अस्ट्रेलिया आएका थिए । न्यु साउथ वेल्स प्रहरीका अनुसार शिवले २०१७ को जुन महिनामा काल्टनमा बसोबास गर्ने २१ बर्षिय नेपाली महिलामाथि यौन हमला गरेको आरोप रहेको छ । घटना पछि आरोपित शिव त्यही दिन अमेरिका फर्केका थिए ।

अमेरिका र अस्ट्रेलिया बीचको सुपुर्दगी सन्धिका आधारमा न्यु साउथ वेल्स प्रहरी, सेन्ट जर्ज कमाण्डका प्रहरी अमेरिका पुगेर शिवलाई पक्राउ गरी अस्ट्रेलिया ल्याएका थिए । बलराम शिव माथि प्रहरीले अनुमति बिना यौन सम्पर्क राखेको दुई आरोप र अभद्र क्रियाकलापमा संलग्न भएको पाँच आरोप लगाएको छ । photo : NSW Police Force

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।