भारतमा २४ घण्टामा ५० हजार कोरोना संक्रमित

१२ साउन,काठमाण्डौ ।
भारतमा कोरोना संक्रमितको संख्या बढ्दो छ । आइतबार एकैदिन ५० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि भारतमा ३२ हजार ८ सय नाघेको छ । भारतमा आईतबार एक दिनमा ७ सयभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । संक्रमण दर उच्च भए पनि पछिल्लो समय मृत्युदरमा भने विश्वमै कमी आएको छ । यसैबीच विश्वमै कोरोना जितेर घर फर्कनेको संख्या १ करोड नाघेको छ । कोरोनाबाट बढी प्रभावित मुलुकहरु अमेरिका र ब्राजिलमा हिजो भने कोरोना संक्रमण दर र मृत्युदर दुबैमा कमी आएको छ । विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ६३ लाखभन्दा बढी छ भने मृत्यु हुनेको संख्या पनि ६ लाख ५१ हजारभन्दा बढी छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।