नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४७ पुग्यो

१२ साउन,काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमणबाट थए एकको मृत्यु भएको छ । धनुषा स्थित सहिदनगर नगरपालिकाका ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनको उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको हो ।ज्वरो, रुघा, खोकी जस्ता कोरोनाको लक्षण देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएकोमा यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि आइबार धरान लैजाँदै गर्दा बाटोमै ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।ती व्यक्तिको शव व्यवस्थापनका लागि जनकपुर ल्याउन लागिएको जनाइएको छ । उनको बेलुका कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै वीरगंजमा मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो । धनुषा र पर्सामा कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्‍युको रिपोर्ट पोजेटिभ आएपछि सुरक्षा सतर्कता अपनाउन प्रशासनले कडाइ गर्न लागेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।