१२ साउन,काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमणबाट थए एकको मृत्यु भएको छ । धनुषा स्थित सहिदनगर नगरपालिकाका ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनको उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको हो ।
ज्वरो, रुघा, खोकी जस्ता कोरोनाको लक्षण देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएकोमा यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि आइबार धरान लैजाँदै गर्दा बाटोमै ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।ती व्यक्तिको शव व्यवस्थापनका लागि जनकपुर ल्याउन लागिएको जनाइएको छ । उनको बेलुका कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै वीरगंजमा मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो । धनुषा र पर्सामा कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्युको रिपोर्ट पोजेटिभ आएपछि सुरक्षा सतर्कता अपनाउन प्रशासनले कडाइ गर्न लागेको छ ।







