८ साउन,काठमाण्डौ ।
संसारभरी कोरोनाभाइरसका हालसम्म १ करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन् । वर्ल्डोमिटर्सका अनुसार यीमध्ये ९१ लाख ९९ हजार ६ सय ३२ निको भइसकेका छन् भने ६ लाख २३ हजार ५ सय ७६ को मृत्यु भइसकेको छ ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार सन् २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएको बताएको छ ।
संगठनले भनेको छ, ‘यदि अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन सफल भए पनि अर्को वर्षको सुरुवाती अघि आशा गर्न सकिँदैन । ’डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रेयानले भ्याक्सिन बन्न केहि समय लागे पनि सुरक्षा मानबमा कुनै कमी हुन नहुने बताएका छन् ।







