कोरोनाले विश्वभर ६ लाख १२ हजारको मृत्यु

८ साउन,काठमाण्डौ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण संसारभर ६ लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार ५४ पुगेको जनाएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।