३१ असार,काठमाण्डौ ।
केहि महिना देखी नेपालमा समेत संचालनमा रहेको राईड कम्पनी पठाओका मुख्य संचालक बंगलादेसी नागरिक फहिम सलेह अमेरिकामा मृत फेला परेका छन् । सोमबार अमेरिकाको न्युयोर्कमा उनलाई मृत अवस्थामा भेटिएको र उनको शरिर टुक्रा टुक्रा अवस्थामा फेला परेको अमेरिकाका सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय सञ्चारमाध्यमले उनको हत्या भएको आशंका गरिरहेका छन् । तर, प्रहरीले भने यस बारेमा केही पनि बताएको छैन । आधिकारिक रुपमा अमेरिकी प्रहरीले केही नबताएको भएतापनि उनको मृत्युको अबरलाई उनी संस्थापक रहेको अर्को कम्पनी गाकोडाले पुष्टि गरेको छ ।उनले सन् २०१५ मा बंगलादेशमा पठाओ सुरु गरेका थिए ।







