तुल्सीराम भण्डारी,नाइजेरिया ।
दक्षिण अफ्रिका,अफ्रिका कै धेरै संक्रमित भएको देश मध्येकै पहिलो नम्बरमा पर्छ । दक्षिण अफ्रिकाले कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभर मदिराजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ ।
राष्ट्रपति सिरिल रामाफोसाले कोरोना संक्रमितको संख्या बढदै गएपछि लकडाउन थप गरिए सँगै मदिरामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । सामाफोसाले मदिरामाथि लगाइएको प्रतिबन्धले
देशको स्वास्थ्य प्रणालीमा चाप कम गर्ने बताए । रातको समयमा कर्फ्यु लगाइएको छ भने घर बाहिर मास्क लगाउन पनि अनिवार्य गरिएको छ । यसअघि पनि रक्सीको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो । देशमा पुनः संक्रमण बढ्न थालेपछि प्रतिबन्ध लगाइएको हो ।
दक्षिण अफ्रिकामा २ लाख ८७ हजार ८ सय २ जनामा संक्रमण पुष्टि भएको छ अहिलेसम्म ४ हजार १७७ जनाको मृत्यु भएको छ । सरकारले सन् २०२० को अन्त्य सम्ममा कोरोना संक्रमणका कारण ५० हजारको मृत्यु हुने प्रक्षेपण गरेको छ । यो अफ्रिका कै धेरै संक्रमित देश पनि हो ।








