९ जुलाई,मेल्बर्न ।
अष्ट्रेलियाको भिक्टोरिया राज्य अर्थात् मेल्वर्न शहरमा कोरोनाभाइरसको संक्रमण बढ्दो छ । केहि दिन देखि अचानक कोरोनाको संक्रमण वढेपछि ग्रेटर मेल्बर्न लकडाउन गरिएको छ ।
भिक्टोरियामा बुधबार मात्रै १ सय ३४ जनामा कोरोना पुष्टी भएको छ । जस्मा मेल्बर्न शहर बस्ने ४ जना नेपाली विद्यार्थीलाई कोरानाको संक्रमण पुष्टी भएको छ ।
मेल्बर्न (शहर बाट १५ किलोमिटर उतर) बस्ने एक जना नेपाली विद्यार्थीलाई कोरोना पुष्टी भएको थियो । उनले सोहि स्थानका अलग घरमा बस्ने ५ जना साथीहरुको साबिकको समयमा झै भेटेका थिए । ती विद्यार्थीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा आएका ती ५ जना साथीले पनि परिक्षण गराएका थिए ।
उनीहरु मध्ये ३ जनालाई कोरोना पोजेटिभ आइसकेको र दुई जनाको रिपोर्ट आउन बाँकी रहेको गैर आवासिय नेपाली संघ भिक्टोरियाका संयोजक प्रेम कँडेलले नेपाली टिभिलाई बताए जानकारी दिए ।स्रोतका अनुसार कोरोना संक्रमित नेपाली बिध्यार्थीहरु ग्लेनरोय सबअर्बमा बस्दै आएका छन् ।
सो क्षेत्र कोरोनाको हटस्पट रहेको र केहि दिन अघि देखीनै पुर्ण रुपमा लकडाउन गरेको थियो । ग्रेटर मेल्बर्न क्षेत्रमा कोरोनाभाइरसको संक्रमणमा अचान बृद्दी भएपछि मेल्वर्न संग जोडिएका अन्य राज्य र टेरिटोरीका नाकाहरु बुधबार देखि बन्द गरिएको छ ।Photo:ideas







