९ जुलाई,सिड्नी ।
अष्ट्रेलिया स्थित नेपाली राजदुताबासको संयोजन तथा गैर-आबासीय नेपाली संघको ब्यबस्थापनमा यहि जुलाई १४ मा अष्ट्रेलियाबाट नेपालका लागि ३ बटा सेमी चार्टड फ्लाईट हुने भएको छ ।
सिंगापुर एयरलाइन्स बाट हुने उडान सिड्नी,मेल्बर्न र ब्रिसबेनबाट एकै दिन हुनेछ । सिड्नीबाट १४ जुलाई राती ८ बजेर २५ मिनेटमा ब्रिसबेन बाट राती ११ बजे र मेल्बर्न बाट ११ बजेर ३० मिनेटमा
उडान हुने एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।यात्रुहरु १५ जुलाई बिहान ९ बजे सिंगापुर बाट सिल्क एयरमार्फत् मध्यान्ह १२ बजे नेपाल अबतरण हुनेछन् । सिंगापुर एयरलाईन्सको अष्ट्रेलिया नियमित उडान हो भने सिंगापुर बाट नेपाल चार्टड उडान हो । यसको लागि १ हजार ७ सय ५० अष्ट्रेलियन डलर भाडा तोकिएको छ । यसअघि दुताबासले गरेको उडान भन्दा करिब ७ सय अष्ट्रेलियन डलर कम हो ।
यो उडान मार्फत् नेपाल जान चाहनेहरुले गैर-आबासीय नेपाली संघले जारी गरेको यात्रु फारम र टिकट रकम संस्थाको नाममा जम्मा गरेपछि प्रकृयामा जाने बताइएको छ । नेपाल जानको लागि ७ दिन भित्र गरिएको कोरोनाभाइरसको पिसिआर रिपोर्ट अनिबार्य रुपमा नेगेटिभ हुनुपर्नेछ । Original Photo © Kurt Ams







