काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको स्वीकार गरेको छ । हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न नसकिने भन्दै यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राखेको डब्ल्यूएचओले बतायो ।
यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने अध्ययनले देखाएकोले आफ्नो कोरोना बारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई चिट्ठी लेखेर अनुरोध गरेकोमा उसले अस्विकार गरेको थियो ।डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले पनि अध्ययन मै रहेको भएपनि केहि प्रमाण भेटिएको बताएकी छन् ।
डब्लुएचओले खासगरी भिडभाड ठाउमा कम हावा भएको ठाउमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने आशंकाबाट अस्विकार गर्न नसकिने जनाएको छ । साथै डब्लुएचओले यस बारेमा अझै विस्तृत अध्ययन जारी रहेको बताएको छ ।
यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो । डाक्टर मारियाले कोरोनाको प्रसार रोक्न ठुलो स्तरमा रोकथामको उपायको जरुरी भएको बताउदै यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताइन् । एजेन्सी








