सिड्नीमा ठगीको आरोपमा दुई नेपाली पक्राउ (भिडियो सहित)

२३ जुन,सिड्नी ।
सिड्नीमा दुई नेपाली युबा ठगी आरोपमा पक्राउ परेका छन् । उनीहरुले ८५ बर्षियाएक बृद्दालाई बैकिङ कारोबार र खाताका सन्दर्भमा ठगेको बताइएको छ । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको स्थानीय नाइन न्युजले बताएको छ ।समाचारमा जनाइएअनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए ।

पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए । प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्राउ गरी दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । उनीहरुलाई अदालतले पनि जमानतमा नछाडेको समचारमा उल्लेख छ । उनीहरुको दोस्रो सुनुवाई अगष्ट २० मा हुने बताइएको छ ।
स्रोत : नाइनन्युज

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।