२३ जुन,सिड्नी ।
नेपाली राजदुताबास क्यानबेराको पहलमा अष्ट्रेलियामा समस्यामा फसेका या नेपाल फर्कनै पर्ने बाध्यात्मक परिस्थितमा रहेका नेपालीहरुलाई उद्दार गर्नका लागि नेपाल एयरलाईन्सको बिमान सिड्नी आईपुगेको छ ।राष्ट्रिय ध्वजाबाहक बिमान चौथो पटक अष्ट्रेलिया आईपुगे पनि कोभिड १९ को उद्दारको आधिकारिक यो पहिलो उडान हुनेछ । यसअघि क्याबनेराबाट ११ जना नेपाली स्वदेश
उडाएको थियो ।मंगलबार बिहान सिड्नी स्थित किङस्मिथ अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गरेको बिमानले सिड्नी बाट २ सय ५८ जना नेपाली उडाउदैछ । यतिबेला यात्रुहरुले बोर्डिङ पास लिएर बसिसकेका छन् । बिमानस्थलमा राजदुत महेशराज दाहाल लगायत दुताबासका कर्मचारीहरु रहेका छन् । १ बजे उडान समय तोकिए पनि अबको केहि समयमा उड्ने बताइएको छ । Photo:Sk with Lens






