६ असार,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो पुष्टि गरेका हुन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म २२ जनाको मृत्यु भईसकेको छ भने १ हजार ५७८ जना स्वास्थ्योपचार
पछि निको भएका छन् । आज मात्रै नेपालमा थप १७६ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । उनका अनुसार आज पाइएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।






