नेपालमा ३३१ थप जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ८६०५ पुग्यो

६ असार,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो पुष्टि गरेका हुन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म २२ जनाको मृत्यु भईसकेको छ भने १ हजार ५७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप १७६ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । उनका अनुसार आज पाइएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।