३ असार,एजेन्सी ।
चिनियाँ र भारतीय सैनिकबीच पूर्वी लद्दाखस्थित गालवान घाँटीमा भएको झडपमा चिनियाँ युनिटका कमान्डिङ अधिकारीसहित ४० बढी सैनिकको मृत्यु भएको भारतीय समाचार माध्यमले न्यूज एजेन्सीलाई उद्धृत गर्दै दाबी गरेको छ । तर चीनले यसबारे अहिलेसम्म केही जानकारी दिएको छैन । भर्खरै प्राप्त जानकारी अनुसार चीनसँगको झडपमा मारिने २० भारतीय सेनाको नामावली
सार्वजनिक भएको छ ।चीनसँगको झडपमा मारिने सेनामा: १. एम- कर्णेल बी सन्तोष बाबु- हैदराबाद, २. एस- नायक सुबेदार नुदुरम सोरेन- मयूरभन्ज,३. एम- नायक सुबेदार मन्दीप सिंह- पटियाला,४. एक्स- नायक सुबेदार सतनाम सिंह- गुरदासपुर,५. वाई- हवल्दार के. पालानी- मदुरई,६. एन- हवल्दार सुनील कुमार- पटना,७. एन- हवल्दार विपुल राय- मेरठ सिटी,८. के- नायक दीपक कुमार- रीवा,९. सिपाही राजेश ओरांग- बीरभूम,११. वाय- सिपाही कुन्दनकुमार ओझा- साहेबगन्ज,११. सिपाही गणेश राम- कांकेर,१२.
सिपाही चन्द्राकान्ता प्रधान- कंधमाल,१३. सिपाही अंकुश- हमीरपुर,१४. सिपाही गुरबिंदर- संगरुर,१५. सिपाही गुरतेज सिंह- मनसा,१६. सिपाही चन्दन कुमार- भोजपुर,१७. सिपाही कुन्दन कुमार- सहरसा,१८. सिपाही अमन कुमार- समस्तीपुर,१९. सिपाही जयकिशोर सिंह- वैशाली,२०. सिपाही गणेश हंसदा- पूर्वी सिंहभूम रहेका छन् ।
भारतमा २० जवानको हिंसामा मृत्यु भएको र १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिती गम्भीर रहेको बताइएको छ । तीन घण्टासम्म भएको हिंसा दुई परमाणु शक्ति सम्पन्न देशको बीचमा लद्दाखमा १४ हजार फिट अग्लो गालवन भ्यालीमा भएको थियो ।






