अष्ट्रेलियाबाट नेपाल फर्कन २३५७ अष्ट्रेलियन डलर हवाई भाडा

१३ जुन,सिड्नी ।
अष्ट्रेलियामा आज बाट केही सर्तहरु बाहेक लकडाउन पुर्ण रुपमा खुलेको छ । अष्ट्रेलियाको जनजीवन सामान्य बन्दै गरेको अबस्थामा लकडाउनकै कारण समस्यामा फसेका नेपालीहरुलाई नेपाल सरकारले उद्दार गर्ने भएको छ ।अष्ट्रेलियाका करिब १ हजार ५ सय भन्दा नेपालीहरुलाई नेपाल फर्कन दुताबासलाई आफ्नो ब्यक्तिगत बिबरण पेश गरिसकेका छन् । यसैबिच अष्ट्रेलियाको सिड्नीबाट काठमाण्डौ उड्ने बिमानको हवाई भाडादर सार्बजनिक भए संगै बिरोधका स्वरहरु पनि आईरहेका छन् । नेपाल सरकारले उद्दार समितिले सिड्नीबाट काठमाण्डौका लागि १ हजार ६ सय १५ अमेरिकी डलर अर्थात् आजको रेट अनुसार २ हजार ३ सय ५६ डलर ७२ सेन्ट अष्ट्रेलियन डलर तिर्नुपर्नेछ । सामान्यताःसिड्नी बाट काठमाण्डौ इकोनोमि क्लासको भाडादर ६ सय डलर देखि १ हजार डलर सम्म हुने गरेको छ ।

हवाई भाडा सामान्य भाडादर भन्दा ३ गुणा बढी भएपछि नेपाल जानेको संख्यामा कमी आउने र महंगो भाडा तिरेर जानु पर्छ भने यसलाई उद्दार भन्न नसकिने पनि जानकार बताउछन् ।
नेपाल बाट अष्ट्रेलिया आएको नेपाल एयरलाईन्सको बिमान ३ पटक सम्म रित्तै फर्काएर अहिले महंगो भाडामा नेपाल फर्काउन लागेको भन्दै क्यानबेरा स्थित नेपाली राजदुताबास र राजदुतको ब्यापक आलोचना भइरहेको छ ।

यसैगरी नेपाल जान चाहनेले कोरोनाभाइरसको जाँच रिपोर्ट ‘नेगेटिभ’ अनिबार्य रुपमा दुताबासमा बुझाउनु पर्नेछ । भने,नेपालमा क्वारेन्टिनमा बस्दाको सबै खर्च समेत तिर्नुपर्ने दुताबासले जारी गरेको सुचनामा उल्लेख छ । अष्ट्रेलियाबाट ८५ प्रतिशत अकुपेन्सी भएको खण्डमा जुन १७ र २२ मा गरी २ वटा फ्लाईट हुनेभएको छ । File Photo : Nepal Airlines/King-smith Int’l Airport Syd.

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।