१२ मे,सिड्नी ।
बिदेशमा हुण्डी कारोबार हुन्छ,यो खासै नौलो बिषय होईन । तर,अष्ट्रेलियाको हुण्डी कारोबार बेला-बेलामा चर्चा र बिबादमा आईरहने गरेको छ । अष्ट्रेलियामा केहि ब्यक्तीहरुले रेमिट्यान्सका नाममा हुण्डीको पैसा उठाएर सम्बन्धित ब्यक्तिको नेपाल या अन्य देशको खातामा पैसा भुक्तानी नगरी ठग्ने काम गरिरहेका गुनासाहरु ब्यापक रुपमा आएको भन्दै नेपाली राजदुताबास कारबाहिका लागि
सिफारिस गर्ने बताएको छ ।राम्रो रेट दिने,ब्याज समेत दिने या त आजको आजै डिपोजिट हुने लगायतका आश्वसान दिदै प्रायःनयाँ बिध्यार्थीहरुलाई अष्ट्रेलियाका हुण्डीका ठगहरुले ठग्ने गरेका केहि समय अगाडी केहि बिध्यार्थीले नेपाली टिभिलाई बताएका थिए ।अष्ट्रेलियामा दिनप्रतिदिन हुण्डी गिरोहले बिध्यार्थी लगायतकालाई ठग्ने गरेकाले दुताबासले बोल्ड निर्णय लिएको हो ।
क्यानबेरा स्थित दुताबासले बिहिबार नेपाल राष्ट्रबैंकका प्रतिनिधि,अष्ट्रेलियास्थित अबैतानिक नेपाली महाबाणिज्यदुतहरु,गैर-आबासीय नेपाली संघका पदाधिकारी र केहि पिडितहरु संगको छलफलपछि सो निर्णय गरिएको पनि दुताबासले शुक्रबार जारी गरेको सुचनामा उल्लेख छ ।छलफलमा सहभागीहरुले गलत काम गरेकालाई कडा कारबाही गरिनुपर्ने माग राखेकाले दुताबासले त्यस किसिमको ठगी प्रकरणमा रहेकालाई कारबाही गर्न नेपाल सरकार र अष्ट्रेलियन सरकारको सम्बन्धित निकायलाई कुटनितिज्ञ रुपमा सिफारिस गर्ने भएको हो ।
सुचनामा जोकोहीले त्यस किसिमको कारोबार गरेको भए यथासक्य सम्बन्धित ब्यक्तिलाई भुक्तानी गर्न समेत अपिल गरेको छ । दुताबासको अपिललाई नटेरेमा कारबाहीका लागि प्रकृया अगाडी बढाउने भएको हो ।







