कोरोनाभाइरसले ललितपुरमा एकको मृत्यु,मृतक संख्या पुग्यो ५

१४ जेठ,काठमाण्डौ ।
कोरोनाभाइरसका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाभाइरसले मृत्यु हुनेको संख्या ५ पुगेको छ ।ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ मृत्यु भएको  छ ।बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरकाप्रमुख डा. खगेश्वर गेलालले बताएका छन् ।डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको बताइएको छ । यद्दपी यो मृत्युलाई कोरोनाकै कारण भनेर औपचारिक घोषणा भने गर्न बाँकी छ ।File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।