१४ जेठ,काठमाण्डौ ।
कोरोनाभाइरसका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाभाइरसले मृत्यु हुनेको संख्या ५ पुगेको छ ।ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ मृत्यु भएको छ ।बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका
प्रमुख डा. खगेश्वर गेलालले बताएका छन् ।डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको बताइएको छ । यद्दपी यो मृत्युलाई कोरोनाकै कारण भनेर औपचारिक घोषणा भने गर्न बाँकी छ ।File Photo






