अर्काकी नावालक छोरी खोस्न अंध्यारोमा ग्याङ लिएर जाने केटाको चाहिं गल्ति छ कि छैन ? काम बिग्रिएपछि कानुन खोज्नेहरुले काम गर्नुपुर्व पनि कानुन हेर्नुपर्थ्यो,पर्दैनथ्यो ? बिहे गरिदिए पनि नावालक केसमा बाबुलाई जेल,गर्नबाट रोक्दा पनि बाबुलाई जेल केवल ठूलो जात मानिनाले ! केटीको इज्जत पनि जिवनभरलाई मारिएको देखियो ! कि त “नावालिकाकरणमा दलितलाई छुट” लेखिनुपर्थ्यो ! यो नावालक घटना जातिकरण तिर मोडिएमा भोलि गुण्डाहरुबाट अरु लाख जना छोरीहरु निर्मला बनाइनेछन् सरकारी सहयोगमा ।
अर्काकी नावालक छोरी खोस्न २० जनाको ग्याङ लिएर आक्रमण गर्न जाने केटा जुनसुकै जातको भए पनि त्यसलाई खेद्न मात्रै हैन मार्न पनि पाउनुपर्छ छोरी जन्माउने बाबुआमाले । जातिवादीका नाममा जातिय द्वन्द गराउन धेरै केटाहरु उद्दत छन्,यो घटनामा बाहुन सरापेका छन्,राज्य किन मौन छ ?जातिय पहिचान भन्छन्,अन्तरजातिय बिहे पनि भन्छन्,पागलहरु !भोलि मेरा जातका केटाले यसै गर्यो भने मैले जातको पक्ष लिने कि सहि गलत क्रियाकलाप हेर्ने ?जातिगत निर्णय गर्ने भए कानुन किन चाहियो ? यो कुरामा जातिकरण बढि गरिएकोछ ! केटा पक्षकै भयंकर गल्ति छ !अर्काले जन्माएर ,हुर्काएर,बढाएर,पढाएर गरेकी छोरीको सुरक्षाका लागि बाबु आमाले केही गर्नै नहुने ?
छोरीहरु अर्काका छोराका लागि मात्रै जन्माएका हौं हामीले ? हाम्रा लागि चाहिं हैनन् छोरीहरु ? १७ बर्षिया केटीले प्रेममा फसेकी भए भागेर जान्थिन्,भागेर गएर फर्काएर ल्याएको भए पनि नावालक फर्काउन र लाने जवानलाई जेल हाल्न पाइन्छ! वलात्कारीहरु खुकुलो कानुन पाएर बढि उन्माद पोख्दैछन्, गल्ति लुकाउन जातिय आरोप लाउदैछन् ।मेरी छोरी खोस्न कोहि गुण्डा लिएर आउछ भने मैले छोडिदिनुपर्ने ? २०जनाले बाटैमा वलात्कार गरेर मारिदिए भने रुन मात्रैका लागि हो कारवाही र बाबुआमा ?अदालतले नावालक घटनालाई हेर्छ कि जातियता हामी पनि हेर्दैजाउं! मेरी छोरीलाई उमेर नपुगी खोसेर वयस्क तन्नेरीले मेरो इच्छा विपरित लान्छ भने २० बर्ष पछि भए पनि मैले त्यो केटालाई कानुनी रुपले काट्न पाउनुपर्छ,अनि रोकिन्छ बालविवाह! कानुन चाहिँ सरकारको लभलेटर हो ?
कि अन्तरजातिय चाहिँ बच्चै चोर्न खुल्लै दिनुपर्ने ? अरु १९ जनालाई खोजेर जेल हालियोस्! यो घटनामा सरकारले जातिगत दया देखाएमा भोलि सरकारको संविधान मात्रै हैन,महिलामन्त्री समेत जल्नेछन्,खबरदार!बाबुआमाले जन्माएर हुर्काएका छोरी लान बाबु आमालाई प्रमाणित जानकारी चाहिने र बिना जानकारी लगेमा,गएमा उमेर पुगे पनि दुवैलाई जेल हाल्ने सम्विधान बना सरकार, विवेक छ भने । उमेर पुगेर भाग्न पाउने कानुनले गर्दा बलात्कारीहरु धेरै मातिसके ।लगेको देखे २/४दिन पालेर डिभोर्स,कसैले नदेखे वलात्कार गरेर हत्या,कति सजिलो छ रांगाहरुलाई ।( यो बिचार तारा बरालले लेख्नु भएको हो ।)








