१३ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या तिब्र रुपमा फैलिन थालेको छ । युरोप लगायतका देशहरुमा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आइसकेको बेला नेपाल भने उच्च जोखिममा आइपुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । नेपालमा कोरोनाभाइरसले ४ जनाको मृत्यु भैइसकेको छ ।






