नेपालमा थए थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

१३ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या तिब्र रुपमा फैलिन थालेको छ । युरोप लगायतका देशहरुमा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आइसकेको बेला नेपाल भने उच्च जोखिममा आइपुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । नेपालमा कोरोनाभाइरसले ४ जनाको मृत्यु भैइसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।