११ जेठ,काठमाण्डौ ।
नेपालले आफ्नो भुमि लिम्पियाधुरा,कालापानी र लिपुलेक सहितको नयाँ नक्सा जारी गरे लगत्तै भारतीय पत्रकार अर्नब गोश्वामीले टेलिभिजनको प्रत्यक्ष बहस कार्यक्रममा नेपालका नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाल सहित भारतका केहि बिज्ञ संग बहस गरेका थिए ।पत्रकार गोश्वामीले पटक पटक नेपाल बिरुद्द धावा बोल्दै नेपालले दाबी गरेको भुमि भारतकै रहेको र नेपाल चीनको ईसारामा चलेको
आरोप लगाएका थिए । गोश्वामी अहिले सामाजिक संजालमा आलोचित बनेका छन् । अहिले उनका बिरुद्द नेपाल प्रति निकृष्ट भाषा प्रयोग गर्दै साम्प्रदायिकता भड्काउन खोजेको आरोपमा भारतीय प्रहरीले मुद्दा दायरको तयारी गरेको हो ।अन्तर्वार्ता दिनेलाई बोल्न मौका नै नदिइ बारम्बार आफ्नो आग्रह लाद्ने गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काउने टिभी कार्यक्रम
चलाई मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले मुद्दा दर्ता गर्न लागेको हो ।प्रहरीले मुद्दा दर्ता गर्न लागेपछि गत मंगलबार मुद्दा खारेजीको मागदावीसहित सर्वोच्च अदालतमा पुगेका गोस्वामीको अपिल सर्वोच्च अदालतले खारेज गर्दै प्रहरीलाई मुद्दा चलाउने अनुमती दिएको छ ।








