१० जेठ,गुल्मी ।
बुधबार बिहानमा कोरोना पोजेटिभको उपचारका क्रममा बुटबलको क्रिमसन अस्पतालमा मृत्यु भएका युबाको घरमा डेरामा बस्ने एक ब्यक्तीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको घरमा डेरा गरी बस्ने अर्का पुरुषमा कोरोना संक्रमण रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानी प्रसाद शर्माले पुष्टी गरेका हुन् ।
मृतक शिक्षमा कोरोना पुष्टी भएपछि सो गाँउका ३० जनाको कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २५ जनाको नेगेटिभ रिपोर्ट शुक्रबार आएको थियो भने एक जनाको आज आएको हो । जस्मा पोजेटिभ भेटिएको हो । बाँकीएक जनाको नेगेटिभ रिपोर्ट आएको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी छ ।






